चौतर्फी आलोचनापछि दलाई लामाले मागे माफी
पाेखरा | चैत २७, २०७९
पाेखरा: बौद्ध धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन्। भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर सोध्छन्।
दलाई लामाको उक्त व्यवहारको तीव्र आलोचना भएपछि उनले सोमबार माफी मागेका हुन्।
दलाई लामाको सामाजिक सञ्जालमा राखिएको वक्तव्यमा उनले आफूले भेटेका मानिसहरूसँग निर्दोष तरिकाले जिस्किने गरेको उल्लेख गरेका छन्। ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’ दलाई लामाको वक्तव्यमा भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

